Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चुनाव नजिकिएसँगै भारतको सेयर बजार आज पनि अल टाइम हाईमा, के कारणले बढ्दैछ ?

Global IME Bank Limited
चुनाव नजिकिएसँगै भारतको सेयर बजार आज पनि अल टाइम हाईमा, के कारणले बढ्दैछ ?
Nabil Bank Limited

काठमाण्डौ । भारतमा लोकसभा निर्वाचन नजिकिएसँगै भारतको सेयर बजारमा उछाल आईरहेको छ । भारतको सेयर बजार पहिलोपटक ७५ हजार विन्दुमाथि पुगेको छ ।  

आज भारतको सेन्सेक्स ७५ हजार १२४ विन्दु र निफ्टी २२ हजार ७६५ विन्दुको अद टाइम हाईको उचाईमा पुगेको छ । आज सुरुवाती कारोबारको क्रममा सेन्सेक्सका ३० वटा कम्पनीको सेयरमध्ये २६ मा वृद्धि देखियो भने ४ वटामा मात्रै गिरावट आयो ।  

अघिल्लो दिन पनि भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो । यस दिन सेन्सेक्स ७४ हजार ८६९ र निफ्टी २२ हजार ६९७ विन्दुमा पुगेका थिए । तर कारोबारको अन्त्य भने सेन्सेक्सले ७४ हजार ७४२ र निफ्टीले २२ हजार ६६६ विन्दुमा गरेका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतमा भारतीय जनता पार्टी(बिजेपी)को सरकार आउने विश्वासका साथ लगानीकर्ताको मनोबल उच्च भएकाले सेयर बजार वृद्धि भईरहेको भारतीय मिडियाले बताएका छन् ।  

यसका साथै विदेशी लगानीकर्ताले समेत भारतीय बजारमा लगानी बढाएकाले त्यहाँको सेयर बजार बढ्न पुगेको हो । पछिल्लो सेसनमा भारतीय बजारमा विदेशी लगानीकर्ताले १ हजार ६५९.२७ करोड भारु लगानी गरेका छन् । जसले मार्केटको सेन्टिमेन्ट सकारात्मक बनेको छ ।  

त्यस्तै अमेरिकी केन्द्रीय बैंक फेटले मार्च महिनामा ब्याजदरमा कटौती गर्ने सम्भावना बढी भएकाले समेत भारतको सेयर बजारमा वृद्धि देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.