Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए, ८ वटा कम्पनीको सेयरभाउ घट्यो

Global IME Bank Limited
हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए, ८ वटा कम्पनीको सेयरभाउ घट्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६ को विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ०.४९ प्रतिशत र निर्जीवन बीमा समूह १ प्रतिशतले बृद्धि भएको छ । दुईवटै समूह बढ्दा आज १८ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ ।  

सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा दुई पुनर्बीमा कम्पनी रहेका छन् । हिमालयन रि इन्स्योरेन्सको ४.६८ प्रतिशतले बढेर सेयरभाउ ६२३.९० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ४.१५ प्रतिशतले वृद्धि भई ७५३ रुपैयाँ पुगेको छ ।  

यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.४५ प्रतिशत, नेशनल लाइफको २.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.२८ प्रतिशत, एलआइसी नेपालको २.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६४ प्रतिशत, सानिमा जिआइसीको १.५० प्रतिशत, आइएमई लाइफको १.४८ प्रतिशत, नेकोको १.२२ प्रतिशत, युनाइटेड अजोडको १.१० प्रतिशत, एशियन लाइफको १.०५ प्रतिशत, आरबीसीएलको ०.८३ प्रतिशत, शिखरको ०.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५४ प्रतिशत, हिमालयन लाइफको ०.५० प्रतिशत, सन नेपाल लाइफको ०.४८ प्रतिशत र नेपाल लाइफको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज ८ वटा बीमा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७१ प्रतिशतले घटेर ५१६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको १.११ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, सिटिजन लाइफको ०.५४ प्रतिशत, सलिकोको ०.३० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत र सुर्यज्योति लाइफको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वायिधक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । सर्वाधिक सुर्यज्योति लाइफको १८ करोड ८ लाख रुपैयाँ र हिमालयन रि को १५ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.