मंगलवार, बैशाख १,२०८३ 12:37:55
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 12:37:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरान पुनः वार्तामा आएन भने मलाई कुनै फरक पर्दैनः ट्रम्प

Bizshala
इरान पुनः वार्तामा आएन भने मलाई कुनै फरक पर्दैनः ट्रम्प
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावबीच कडा अभिव्यक्ति दिएका छन्। उनले इरान पुनः वार्तामा नआए पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्।

वाशिङ्टन डीसी नजिक रहेको ज्वाइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि इरान वार्तामा फर्किंदैन भने पनि मलाई कुनै फरक पर्दैन। उनीहरू नआए पनि ठीक छ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसअघि अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने जनाएको छ। यो कदमले दुई देशबीचको तनावलाई थप चर्काउने संकेत गरेको विश्लेषकहरू बताउँछन्।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिका स्ट्रेट अफ हर्मुजमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने हरेक जहाजलाई लक्षित गर्दै कडा निगरानी तथा नाकाबन्दी गर्ने तयारीमा छ। उनले चेतावनी दिँदै भने, ‘अवैध शुल्क तिर्ने कुनै पनि जहाजलाई अन्तर्राष्ट्रिय समुद्रमा सुरक्षित मार्ग उपलब्ध हुने छैन।’

CG Motors
Garima Development Bank
IME remit

मध्यपूर्वको महत्वपूर्ण समुद्री मार्ग मानिने स्ट्रेट अफ हर्मुज विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्त संवेदनशील क्षेत्र हो। अमेरिकी कदमले अन्तर्राष्ट्रिय व्यापार तथा सुरक्षा अवस्थामा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.