सोमबार, चैत्र ३०,२०८२ 04:10:49
Bizshala
  • सोमबार, चैत्र ३०,२०८२ 04:10:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समस्याग्रस्त अम्बे कोशी सहकारीद्वारा साना बचतकर्तालाई रकम फिर्ता सुरु

Bizshala
समस्याग्रस्त अम्बे कोशी सहकारीद्वारा साना बचतकर्तालाई रकम फिर्ता सुरु
Shivam Cement

काठमाण्डौ । इटहरीस्थित समस्यामा परेको अम्बे कोशी बचत तथा ऋण सहकारीका साना निक्षेपकर्ता तथा बचतकर्ताहरूले आफ्ना रकम फिर्ता पाउन थालेका छन् ।

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूलाई प्राथमिकतामा राख्दै रकम फिर्ता गरेको हो ।  

समितिका अनुसार साना बचतकर्तालाई राहत दिन हालसम्म २८७ जना बचतकर्ताको जम्मा २८ लाख ५७ हजार रुपैयाँ उनीहरूको बैंक खातामा पठाइसकिएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

प्रदेश सरकारले समिति गठन गरी सहकारीको व्यवस्थापन जिम्मा दिएपछि उक्त सहकारीले लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुली गरिएको थियो ।

तर सहकारीबाट उठाउन बाँकी ऋण भने अझै ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ । यता बचत फिर्ताका लागि २४ करोड ८८ लाख रुपैयाँ बराबरको निवेदन समितिमा परेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समितिका अनुसार ऋण असुली प्रक्रिया तीव्र पारिएकाले अब २० हजारसम्मका बचत फिर्ता गरेपछि क्रमशः १ लाख रुपैयाँसम्मका बचतकर्तालाई रकम दिने तयारी भइरहेको छ ।  

प्रदेश सरकारले २०८१ साल पुस २३ गते अम्बे कोशी सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो । त्यसपछि सरकारी समितिले सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामी प्रक्रिया अघि बढाएको हो ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.