बुधबार, श्रावण ६,२०८३ 03:54:46
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:54:46
Bizshala
Global IME Bank Limited

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग
New Office

काठमाण्डौ । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) सञ्चालन तथा व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि चयन गरिएको छ। यस कार्यक्रमअन्तर्गत आईएफएनले डिजिटल तथा आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई सहयोग गर्नेछ।

मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने उक्त कार्यक्रम हाइब्रिड मोडेलमा आधारित हुनेछ। कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट वान–टु–वान मेन्टरशिप, क्षमता अभिवृद्धि, व्यवसाय विकास तथा भ्यालिडेसन सहयोग, साथै लगानी तयारीसम्बन्धी मार्गदर्शन प्राप्त गर्नेछन्।

आयोजकका अनुसार, यस पहलको उद्देश्य उद्यमशीलताको विकासलाई काठमाण्डौ उपत्यकाबाहिर समेत विस्तार गर्नु हो। विशेषगरी अवसरबाट वञ्चित क्षेत्रका उद्यमीलाई समेट्दै नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य कार्यक्रमले लिएको छ।

कार्यक्रममार्फत छनोट भएका स्टार्टअपहरूलाई उद्योग–विशेषज्ञसँग प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम तथा नेटवर्किङका अवसर प्रदान गरिनेछ। यसले उनीहरूलाई आफ्नो व्यवसाय मोडेल परिष्कृत गर्न, बजार पहुँच विस्तार गर्न र लगानीका लागि तयारी गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै, उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सिड इन्भेस्टमेन्ट सहयोग प्राप्त गर्नेछन्। उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ तथा एआई कन्फरेन्सजस्ता राष्ट्रियस्तरका प्लेटफर्महरूमा सहभागिताको अवसर पनि प्रदान गरिनेछ।

आईसीटी फाउन्डेसन नेपालले यसअघि ‘डिजिटल कर्णाली कन्क्लेभ’ र ‘डिजिटल मधेश कन्क्लेभ’ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

यस कार्यक्रममार्फत आईएफएनले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ बनाउने, समावेशी तथा क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने तथा स्टार्टअपहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.