शुक्रबार, बैशाख ११,२०८३ 06:02:32
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 06:02:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेद्वारा सिडिएससीबाट प्रवीन पन्दाकलाई फिर्ता बोलाउने निर्णय

Bizshala
नेप्सेद्वारा सिडिएससीबाट प्रवीन पन्दाकलाई फिर्ता बोलाउने निर्णय
Shivam Cement

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडमा प्रबन्ध निर्देशकको रुपमा कार्यरत प्रवीन पन्दाकलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले फिर्ता बोलाएको छ ।  

नेप्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सिडिएससीबाट नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेप्सेमा सूचिकृत कम्पनीहरुलाई दिइने अन्तर्राष्ट्रिय पहिचान संकेत(आईजीन)को विषयमा लामो समयदेखि केही उच्च घरानाहरुबाट सिडिएससीको नेतृत्व फेर्न दवाब थियो । कतिपय औद्योगिक घरानाहरुले सिंगल आईजीनको फाइदा उठाएर लकइनको अवधिमै संस्थापक सेयर बिक्री गर्नेजस्तो गैरकानूनी काम भएपछि यो विकृति अन्त्यका लागि पन्दाकले दोहोरो आईजीन लागू गर्नुपर्ने पक्षमा लडेकी थिइन् ।  

उनले दोहोरो आईजीनको व्यवस्था गरी सिंगल आईजीनको नाममा फट्याईं गरिरहेका संस्थापकहरुलाई रोक्नुपर्ने र दोहोरो आईजीन हुँदा सर्वसाधारण लगानीकर्ताहरु थप ठगिनबाट जोगिने भन्दै निर्देशिका नै परिवर्तन गर्ने अन्तिम तयारी थियो । सिडिएससीबाट दोहोरो आईजीनको व्यवस्थासहित बजारको विकृति अन्त्यका लागि निर्देशिका संसोधनसहित पारितका लागि धितोपत्र बोर्डमा पठाइएको थियो । बोर्ड नेतृत्वले लामो समयसम्म स्वार्थ समूहहरुको दवाबका कारण त्यसलाई अगाडि नबढाई अलपत्र पारेर राखिरहेकै समयमा नेप्सेको सञ्चालक समितिले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

CG Motors
Garima Development Bank
IME remit

नेप्सेस्थित उच्च स्रोतका अनुसार पन्दाकलाई सिडिएससीबाट हटाउनका लागि केही व्यापारिक घरानाहरु चलखेल गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका केही व्यक्तिले यसमा ती घरानाहरुलाई साथ दिंदै केही दिनअघिदेखि तारन्तार दवाब समेत सिर्जना गरेका थिए । प्रधानमन्त्री कार्यालयबाटै दवाब आएपछि नेप्सेले सञ्चालक समिति बोलाएर पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरिएको स्रोतको भनाई छ । प्रधानमन्त्री कार्यालयका कुन सदस्यले यस्तो दवाब दिए भन्ने विषयमा पात्रको नाम र सूचना आए पनि यसको स्वतन्त्र पुष्टि भने यो समाचार तयार पार्दासम्म हामीले गर्न सकेका छैनौं ।  

प्रवीनलाई सिडिएसीबाट फिर्ता बोलाउने निर्णयमा अर्थमन्त्रालयको भूमिका भने हाम्रो खोजबिनको क्रममा पुष्टि भएन ।  

कतिपयले भने प्रवीन पन्दाकलाई हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग समेत जोडेर समेत प्रचार गरेका थिए । ती आरोपहरुमा पन्दाकले भने आपत्ति जनाउँदै आएकी थिइन् । आफूले बजारको विकृति अन्त्य र ठूलाले गर्ने फट्याईंलाई रोक्नका लागि डबल आईजीनसम्बन्धी व्यवस्था संसोधनका लागि अगाडि बढाउँदा आधारहीन आरोप लगाएको भन्दै उनले निकटस्थहरुसँग गुनासो गर्ने गरेकी थिइन् ।  

नेप्सेले फिर्ता बोलाउने निर्णय गरेपछि सो विषयमा प्रतिक्रिया लिन खोज्दा भने पन्दाकले फोन रेसपोन्स गरिनन् । म्यासेजबाट मागिएको प्रतिक्रियाको समेत जवाफ आएन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.