काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गर्न लागेको हो ।
कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाउने तयारी गरेको हो ।
कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ ।
कम्पनीको इक्रा नेपालले ‘इक्राएनपी–आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा मध्यम जोखिम रहेको जनाउँछ ।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ।
साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

