Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्राण्ड हुँदै

Global IME Bank Limited
पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्राण्ड हुँदै
Nabil Bank Limited

काठमाण्डौ । पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुने भएको छ । यससँगै निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ । यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स् कम्पनी अब निओ मनिट्रान्स्फरबाट सञ्चालनमा आएको हो ।  

एक दशक भन्दा लामो समय देखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफुलाई निओ मनि ट्रान्सफरको नाममा रिब्रान्ड गरेको छ । निओ अर्थात नयाँ वा पुनर्जीवित रूप भएको र निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहक लक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियान भएको कम्पनीले जनाएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको रकम केहि सेकेण्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थासहित) तथा वालेटमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

त्यसैगरी पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको रकम पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल भने, ‘नेपाली समुदायको सेवा गर्न निओ मनि ट्रान्सफरलाई अर्को अध्यायको रूपमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो नयाँ पहिचान, गति र किफायती क्षमताको लागि प्रतिबद्धताकाे साथ, आप्रवासी नेपालीको लागि रेमिट्यान्स अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै, उनीहरूलाई सरल तथा न्यूनतम लागतमा सेवा प्रदान गर्नेछौँ । डिजिटल रेमिटेन्स किफायती हुनुको साथै यो छिटो र सुरक्षित भएको हुनाले हामी हाम्रा सेवाग्राहीहरुलाई डिजिटल माध्यम नै प्रयोग गर्न प्राथमिकता दिन्छौँ र दिनेछौँ ।’


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.