बुधबार, श्रावण ६,२०८३ 03:54:02
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:54:02
Bizshala
Global IME Bank Limited

काठमाण्डौ मेरियट होटलद्वारा विद्यालयलाई विज्ञान प्रयोगशाला तथा लन्च बक्स सहयोग

काठमाण्डौ मेरियट होटलद्वारा विद्यालयलाई विज्ञान प्रयोगशाला तथा लन्च बक्स सहयोग
New Office

काठमाण्डौ । काठमाण्डौ मेरियट होटलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौस्थित एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स सहयोग गरेको छ।

होटलद्वारा कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विद्यालय परिसरमा बुधबार बिहान आयोजित कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा होटलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। आवश्यक वैज्ञानिक सामग्रीसहितको प्रयोगशालाले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर व्यवहारिक अभ्यासमार्फत अध्ययन गर्ने अवसर प्रदान गर्ने विद्यालयले जनाएको छ।

यसका साथै, विद्यार्थीहरूको दैनिक उपयोग र स्वास्थ्यलाई ध्यानमा राख्दै लन्च बक्स पनि वितरण गरिएको थियो। होटलले यस सहयोगमार्फत विद्यार्थीहरूको समग्र शैक्षिक तथा व्यक्तिगत विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

कार्यक्रममा बोल्दै काठमाडौं मेरियट होटलका अध्यक्ष सशित कान्त अग्रवालले शिक्षा समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई आवश्यक शैक्षिक स्रोत उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताए। उनले होटलले समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

विद्यालय प्रशासनले होटलको सहयोगप्रति आभार व्यक्त गर्दै यस पहलबाट आगामी वर्षहरूमा धेरै विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.