सोमबार, जेष्ठ ४,२०८३ 04:53:03
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:53:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारमा झिनो गिरावट, जानकार भन्छन्, ‘बजारले नीतिगत स्पष्टता खोजिरहेको छ’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा झिनो गिरावट, जानकार भन्छन्, ‘बजारले नीतिगत स्पष्टता खोजिरहेको छ’
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०३ प्रतिशत अर्थात १.०३ अंकले घटेर २ हजार ७३०.९१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले बढेर ४६८.०५ विन्दुमा पुग्यो।

आज नेप्सेमा सूचीकृत ३३९ वटा स्क्रिप्टका ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ९ करोड ७९ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी भन्छन्, ‘नयाँ सरकार वा स्थिर सरकार आएपछि सेयरबजार बढ्छ भन्ने आम सेयर लगानीकर्ताहरुमा ठूलो आशा थियो तर बजार उल्टै खस्किन पुगेको छ । सेयरबजारले जहिल्यै नीतिहरुको स्पष्टता खोजिरहेको छ, तर नयाँ सरकारले त्यो स्पष्टता दिन नसक्दा बजारले लय लिन सकिरहेको छैन ।’

Bizshala
New Office
CG Motors

उनले थपे, ‘साथै अहिले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहिन छ र बोर्डमा कस्तो अध्यक्ष आउला भन्ने लगानीकर्तामा कौतुहलता पनि छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान गरेदेखि नै बजार घट्न थालेको हो । यसअघि बजारमा लगानीकर्ताहरुले ग्रुप बनाएर भएपनि बजार चलायनमान बनाएको थियो तर अहिले सम्पत्ति शुद्धीकरणको विषयले गर्दा लगानीकर्ताहरु पछि हटेका छन् । सायद लगानीकर्ताहरु फेयर कारोबार मात्रै गरिरहेको पनि हुन सक्छन्, जसकारण पछिल्लो समय बजारमा भोल्युम बढ्न सकिरहेको छैन ।

अहिले बजारलाई अन्तर्राष्ट्रिय पक्षले पनि प्रभाव पारिरहेको बताउँदे उनले भने, ‘अमेरिका–इरानबीचको युद्धले निम्त्याएको महँगीका कारण पूँजीबजारमा प्रत्यक्ष प्रभाव पारेको छ । सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारका विषय समेटिए पनि कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयमा लगानीकर्ताहरु अन्योल छन् । अब आगामी बजेटमा राम्रो कुरा आए मात्रै बजार माथि जान सक्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ०.३१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१४ प्रतिशत, विकास बैंक ०.०३, हाईड्रो ०.१६ र लगानी ०.०९ प्रतिशतले बढ्यो ।

निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.६९ प्रतिशतले घट्यो । यस्तै फाइनान्स समूह ०.०१, होटल ०.२३, जीवन ०.०७, उत्पादन तथा प्रशोधन ०.५८,लघुवित्त ०.२४, म्युचुअल फण्ड ०.१३ र व्यापार ०.४८ प्रतिशतले घट्यो ।

Garima Development Bank
Shivam Cement
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज साहस उर्जाको सर्वाधिक अर्थात ८ करोड ४३ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिनीङ मिल्सको ७ करोड ३४ लाख, एसवाई प्यानल नेपालको ७ करोड १३ लाख र अपि पावरको ६ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज ईङ्वा हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.४२ प्रतिशतले बढ्यो । यस्तै बुङ्गल हाईड्रोको सेयरमूल्य ६.३२ प्रतिशत र सगरमाथ जलविद्युतको सेयरमूल्य ३.२८ प्रतिशतले बढ्यो ।

एसवाई प्यानल नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ३.६० प्रतिशतले घट्यो । पाल्पा सिमेन्टको सेयरमूल्य पनि आज ३.३२ र भगवति हाईड्रोको सेयरमूल्य ३.०३ प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.