काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेको सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.७५ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा आज ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.६१ प्रतिशतले बढेर ५८२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सुर्यज्योति लाइफको ०.५८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.१० प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५२ प्रतिशतले घटेर ७३० रुपैयाँ कायम भएको छ ।
यसका साथै नेपाल पुनर्बीमा कम्पनीको पनि २।४६ प्रतिशतले घटेर ७१८ रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको १।९१ प्रतिशत, सानिमा जिआइसीको १.७० प्रतिशत, आरबीसीएलको १.५५ प्रतिशत, एनएलजीको ०.७९ प्रतिशत, सन नेपाल लाइफको ०.७६ प्रतिशत, एशियन लाइफको ०.७२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६१ प्रतिशत, आइएमई लाइफको ०.५४ प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, नेपाल लाइफको ०.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४९ प्रतिशत, सलिकोको ०.४२ प्रतिशत, युनाइटेड अजोडको ०.४० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३३ प्रतिशत, हिमालयन रि को ०.२३ प्रतिशत, सिटिजन लाइफको ०.१४ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक सुर्यज्योति लाइफको ७ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालय रि इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँ र युनाइटेड अजोडको ३ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                