काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र खारेज गरेको जनाएको छ। राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार उक्त कम्पनीले परिवर्त्य विदेशी मुद्राको खरिद–बिक्रीसम्बन्धी कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम मिति २०८३ वैशाख ३० गतेको निर्णयअनुसार कम्पनीको मनिचेञ्जर इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।
सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालि कास्की जिल्लाको पोखरामा रहेको छ ।

