Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 07:32:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्लस भर्जन ल्याउँदै इन्स्टाग्राम फेसबुक र वाट्सएपः अरुको स्टोरी लुकेर हेर्न पाइने, आफ्नो २४ घण्टा भन्दा बढी समयसम्म राख्न सकिने

Laxmi Sunrise Bank Limited
प्लस भर्जन ल्याउँदै इन्स्टाग्राम फेसबुक र वाट्सएपः अरुको स्टोरी लुकेर हेर्न पाइने, आफ्नो २४ घण्टा भन्दा बढी समयसम्म राख्न सकिने
Shivam Cement

काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी मेटाले इन्स्टाग्राम, फेसबुक र वाट्सएपका लागि नयाँ सब्सक्रिप्सन प्लान पेश गरेको छ । यसका माध्यमबाट यी एप्सको ‘एप्स भर्जन’ रोल आउट गरिने भएको छ । यो प्लान लिने प्रयोगकर्ताहरुलाई स्पेशल टूल्स तथा कस्टमाइजेशनको विकल्प दिइनेछ ।

यो कदम मेटाको विज्ञापनका अलावा कमाईको नयाँ माध्यम बनाउने रणनीतिको एक हिस्सा हो । नयाँ एप्स प्लानले कम्पनीको वर्तमान ‘मेटा भेरिफाइड’ प्लानलाई प्रतिस्थापन गर्ने छैन । मेटाले यी नयाँ प्लस सब्सक्रिप्सन प्लानलाई विश्वस्तरमा रोलआउट गर्ने घोषणा गरेको छ ।

इन्स्टाग्राम प्लस र फेसबुक प्लसमा के हुनेछ भिन्नता ?

इन्टाग्राम प्लस र फेसबुक प्लस मुख्य रुपमा सोशल एक्सप्रेशन र क्रियटर्सलाई ध्यानमा राखेर तयार पारिएको हो । यसमा प्रयोगकर्तालाई कुल कति जनाले स्टोरीलाई कतिपटक हेर्यो भन्ने पनि थाहा पाउन सकिनेछ । यसका साथै यसको अन्य ५ वटा फाइदा यस्ता छन्ः

 

Bizshala
New Office
CG Motors

१. मन पर्ने मानिसहरुको बेग्ला बेग्लै लिस्ट ः हालसम्म भने प्रयोगकर्ताले नजिकका साथीहरुको मात्रै एउटा लिस्ट बनाउन सकिने व्यवस्था रहेको छ । नयाँ फिचरमा भने आफ्नो इच्छा अनुसार कयौं अलग–अलग लिस्ट बनाउन सकिनेछ र कुन भिडियो र फोटो कसले हेर्न सक्छ भनेर तय गर्न सकिनेछ ।

२.२४ घण्टापछि पनि हट्ने छैन स्टोरीः अहिले स्टोरी २४ घण्टामा हट्ने व्यवस्था रहेको छ । अब यसलाई २४ भन्दा ज्यादा समयसम्म आफ्नो प्रोफाइलमा राख्न सकिनेछ । हप्तामा एकपटक कुनै स्टोरीलाई स्पटलाइट गर्न सकिन्छ र यसले गर्दा स्टोरी धेरै भन्दा धेरै मानिसले हेर्न सक्नेछन् ।

३.थाहा नपाउने गरी अरुको स्टोरी हेर्न सकिने ः नयाँ व्यवस्था अनुसार अरुले थाहै नपाई स्टोरी हेर्न सकिनेछ । यसका साथै आफ्नो स्टोरी हेर्ने मान्छेको नाम सर्च गरेर हेर्न सकिनेछ ।

४.अरुलाई झन्झट नदिईकनै प्रोफाइल अपडेट ः कुनैपनि फोटो र भिडियो सिधै आफ्नो प्रोफाइल वा हाईलाइट्समा सेभ गर्न सकिन्छ । यसका साथै आफ्नो साथीको होम पेजमाथि कुनैपनि नोटिफिकेशन वा नयाँ पोस्ट जानेछैन ।  

५. सजावटको नयाँ तरिका ः प्रोफाइल फोटोलाई सुन्दर बनाउनका लागि नयाँ फ्रन्ट, स्क्रिनमा तैरिनेवाला सुपर हार्ट रियाक्सन तथा मनपर्ने आइकन पनि दिइनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala

वाट्सएप प्लसमा के हुनेछ विशेष ?

यो पूर्ण रुपमा पर्सनलाइजेशन तथा म्यासेजिङमाथि केन्द्रीत हुनेछ । यसमा प्रयोगकर्ताको एप थीम्स, कस्टम रिंगटोन्स, एडिशनल पिन्ट च्याट, लिस्ट कस्टमाइजेशन तथा प्रिमियम स्टिकर्स जस्ता फिचर्स पाइनेछ ।

मेटा एआई प्रयोगकर्ताका लागि दुईवटा प्लान परीक्षण गरिनेछः

मेटा वान प्लसः ७.९९ डलर प्रतिमहिना

मेटा वान प्रिमियमः १९.९९ डलर प्रतिमहिना

क्रियटर्स र बिजनेशका लागि महङ्गो एडभान्स प्लान

मेटा वान इसेन्सियल(१४.९९ डलर प्रतिमहिना)ः यसमा भेरिफाइड ब्याज, फेक अकाउन्टबाट सुरक्षा तथा इन्हान्स्ड लिंकशीट प्राप्त हुनेछ । यसमा प्रयोगकर्ताले आफ्नो सबै सोसल च्यानल्सका लागि लिंक एक ठाँउमा जोड्न सक्नेछन् ।

मेटा जान एड्भान्स्ट(४९.९९ डलर प्रतिमहिना)यसमा इसेन्सीयलका फाइदाका साथै फेसबुक फिडमा फिचर हुने, सर्च रिजल्टमाथि देखिने, रिल्समा बोल्ड फलो बटन र इन्गेज गर्ने मानिसहरुको अटोमेटिक फलो इन्भिटेशन पठाउने जस्ता सुविधा छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.