काठमाण्डौ । भारत सरकारले जुन १ देखि पेट्रोल, डिजेल र एभिएसन टर्बाइन फ्युल(एटीएफ)मा लाग्ने निर्यात शुल्क घटाउने घोषणा गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, पेट्रोलमा निर्यात शुल्क प्रतिलिटर १.५ भारु निर्धारण गरिएको छ भने डिजेलमा यो १३.५ भारु प्रतिलिटर हुनेछ। एटीएफमा निर्यात शुल्क ९.५ भारु प्रतिलिटर कायम गरिएको छ।
यी दरहरू प्रत्येक पन्ध्र दिनमा परिवर्तन गरिनेछन् । परिवर्तनको आधार कच्चा तेल, पेट्रोल, डिजेल र एटीएफकाका विश्वव्यापी औसत मूल्यहरू हुन्छन्।
सामान्यतया भारत सरकारले प्रत्येक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समीक्षा गर्छ र त्यसकै आधारमा पेट्रोल, डिजेल र एटीएफमा लाग्ने निर्यात शुल्क निर्धारण गर्छ।
तर, सर्वसाधारणले प्रयोग गर्ने पेट्रोल र डिजेलमा लाग्ने कर भने यथावत् रहनेछ। यसमा न कुनै नयाँ कर थपिएको छ, न त कुनै कर घटाइएको छ।

