सोमबार, श्रावण ४,२०८३ 02:58:12
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 02:58:12
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीबाट हटे न्यौपाने, नयाँ जिम्मेवारी श्रेष्ठलाई

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीबाट हटे न्यौपाने, नयाँ जिम्मेवारी श्रेष्ठलाई
New Office

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक सुमन न्यौपानेले सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीबाट हटेका छन् । न्यौपानेले उक्त पदबाट आजदेखि विश्राम लिएको जानकारी दिएका हुन् ।

‘एक वर्ष भन्दा बढी अवधिमा यहाँहरूको नजिक रहेर बैंकका कामकारबाहीसँग सम्बन्धित सूचना र जानकारीहरू सम्प्रेषण गर्ने अवसर प्राप्त भएकोमा म आभारी छु, उनले भने, ‘यस क्रममा यहाँहरूबाट प्राप्त सहयोग र सहकार्यका निम्ति कृतज्ञ छु । यस अवधिमा कार्यव्यस्तता वा अन्य कुनै कारणले यहाँहरूमध्ये कतिपयको टेलिफोन कलहरू मैले समयमै उठाउन असमर्थ रहेको हुन सक्छु। त्यसप्रति म क्षमाप्रार्थी छु । उक्त जिम्मेवारीमा रहँदा यहाँहरूलाई सकेसम्म छिटो र यथार्थ सूचना उपलब्ध गराउने सदैव मेरो प्रयास रहेको ब्यहोरा अनुरोध गर्दछु ।’

यस्तै उनले आगामी सातादेखि आफूले नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्ने समेत बताए । उनी जिम्मेवारीबाट हटेपछि आजकै मितिदेखि नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी कामु निर्देशक सुधा श्रेष्ठले सम्हालेकी छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.