सोमबार, श्रावण ४,२०८३ 03:01:38
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 03:01:38
Bizshala
Global IME Bank Limited

मोबाइल नम्बर परिवर्तन भए वित्तीय संस्थालाई तत्काल जानकारी गराउन राष्ट्र बैंकको आग्रह

मोबाइल नम्बर परिवर्तन भए वित्तीय संस्थालाई तत्काल जानकारी गराउन राष्ट्र बैंकको आग्रह
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई यथाशीघ्र जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगका लागि यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा मोबाइल वालेटजस्ता सेवाहरू ग्राहकले दर्ता गरेको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने भएकाले ती माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। यस्तो अवस्थामा मोबाइल नम्बर वा इमेल परिवर्तन भएर पनि सम्बन्धित संस्थालाई जानकारी नगराउँदा संवेदनशील वित्तीय जानकारीमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहने बताइएको छ।

त्यस्तै, मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिए वित्तीय ठगी तथा खातासम्बन्धी सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने राष्ट्र बैंकको चेतावनी छ। त्यसैले मोबाइल नम्बर परिवर्तन भएलगत्तै सम्बन्धित संस्थामा विवरण अद्यावधिक गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड तथा सम्बन्धित संस्थाको आधिकारिक मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्न समेत सुझाव दिएको छ। यसले डिजिटल कारोबारलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ।

डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाको प्रयोग बढ्दै गएको सन्दर्भमा ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारीको सुरक्षाका लागि सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.