शुक्रबार, श्रावण ८,२०८३ 02:21:04
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:21:04
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक फेरि ठप्प, बैठक सोमबारसम्मका लागि स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक फेरि ठप्प, बैठक सोमबारसम्मका लागि स्थगित
New Office

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा देखिएको राजनीतिक तनावले प्रतिनिधिसभाको कामकारबाही पुनः प्रभावित भएको छ।  

विपक्षी दलहरूको निरन्तर विरोधका कारण बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।

बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू आक्रोशित रूपमा उठेका थिए।  

उनीहरूले नाराबाजी गर्दै संसद्को वेलमा पुगेर विरोध जनाएपछि सदनको वातावरण असहज बनेको थियो।  

लगातारको अवरोधपछि प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने प्रयास असफल भएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसद्मा व्यक्त गरेको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने आशयको भनाइलाई गम्भीर राष्ट्रिय विषयका रूपमा उठाएका छन्।  

उनीहरूको माग प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनु, संसद्मा औपचारिक रूपमा क्षमा याचना गर्नु तथा विवादित भनाइ संसद्को अभिलेखबाट हटाइनु रहेको छ।

विपक्षी सांसदहरूले राष्ट्रिय सीमा, सार्वभौमिकता र छिमेकी मुलुकसँगको सम्बन्धजस्ता संवेदनशील विषयमा सरकार प्रमुखबाट आएको अभिव्यक्तिलाई हल्का रूपमा लिन नसकिने बताएका छन्।  

उनीहरूले विषय समाधानका लागि शीर्ष राजनीतिक तहमा छलफल हुनुपर्ने र सरकारबाट स्पष्ट धारणा आउनुपर्ने अडान दोहोर्‍याएका छन्।

सदनको अवरोध अन्त्य हुने संकेत नदेखिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।  

उनले अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजेका लागि बोलाइएको जानकारी दिएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिबाट शुरु भएको विवादले संघीय संसद्का दुवै सदन प्रभावित भएका छन्।  

राष्ट्रिय सभामा समेत लगातार अवरोध भएपछि संसद्को नियमित कामकारबाही प्रभावित बनेको छ।  

विशेषगरी बजेटमाथिको छलफल र अन्य महत्वपूर्ण विधेयकहरू अगाडि बढ्न नसक्दा संसदीय कार्यतालिकामै असर परेको छ।

सरकार र विपक्षीबीच सहमतिको वातावरण नबने संसद्को गतिरोध अझ लम्बिन सक्ने देखिएको छ।  

राजनीतिक वृत्तमा भने अब समाधान संसद्भित्रको टकरावभन्दा बाहिर राजनीतिक संवादमार्फत खोजिनुपर्ने आवाज समेत उठ्न थालेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.