बुधबार, श्रावण ६,२०८३ 06:10:40
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:10:40
Bizshala
Global IME Bank Limited

अध्ययन बिदा दुरुपयोग गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट १०.४६ करोड असुल

अध्ययन बिदा दुरुपयोग गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट १०.४६ करोड असुल
New Office

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर लामो समयसम्म सेवामा नफर्किएका प्राध्यापकहरूबाट रकम असुली प्रक्रिया तीव्र पारिएको छ। छानबिनपछि हालसम्म ४१ जना प्राध्यापकले करिब १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ विश्वविद्यालयको पेन्सन कोषमा फिर्ता गरिसकेका छन्।

विश्वविद्यालयका अनुसार अध्ययन बिदामा गएका १९१ जना प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन्। थप ६२ जनाले रकम फिर्ता गर्न निवेदन दिएका छन् भने ५४ जनालाई औपचारिक रूपमा पत्राचार गरिएको छ।

सरकारको चासो र शिक्षा तथा खेलकुद मन्त्रालयको सक्रियतापछि त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग रोक्न तथा रकम असुली गर्न छानबिन प्रक्रिया तीव्र बनाएको हो। मन्त्रालयले कबुलियतनामाअनुसार बिदा लिएर सेवामा नफर्किने शिक्षक कर्मचारीबाट बिगो रकम असुल गर्न निर्देशन दिएको छ।

विश्वविद्यालय कार्यकारी परिषद्को २०८१ पुस २५ गतेको निर्णयअनुसार डा. काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेका छन्।

छानबिन समितिको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३९८ प्राध्यापकले अध्ययन बिदा प्रणालीको दुरुपयोग गरेको पाइएको छ। तीमध्ये १९१ जना बिदामा गएर नफर्किएका र २०७ जना अध्ययन पूरा नगरी फर्किएका उल्लेख छ।

विश्वविद्यालयले एक प्राध्यापकबाट कम्तीमा रु १० लाखदेखि अधिकतम रु ५० लाखसम्म असुल गर्नुपर्ने देखिएको जनाएको छ। हालसम्म असुल गरिएको रकम पेन्सन कोषमा दाखिला गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.