शुक्रबार, श्रावण ८,२०८३ 07:34:54
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:34:54
Bizshala
Global IME Bank Limited

दक्षिणी फिलिपिन्सको मिन्डानाओमा ७.८ म्याग्निच्युडको भूकम्प, १५ जनाको मृत्यु, १२९ भन्दा बढी घाइते

दक्षिणी फिलिपिन्सको मिन्डानाओमा ७.८ म्याग्निच्युडको भूकम्प, १५ जनाको मृत्यु, १२९ भन्दा बढी घाइते
New Office

काठमाण्डौ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक जनधनको क्षति भएको छ।  

प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ।

बीबीसीका अनुसार मृत्यु हुनेमध्ये १२ जना सोकसारजेन क्षेत्रमा रहेका छन्, जुन चार प्रान्त र एक सहर मिलेर बनेको विस्तृत प्रशासनिक क्षेत्र हो।  

सो क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएको विवरण सार्वजनिक भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS)  ले भूकम्प स्थानीय समयअनुसार बिहान ०७्:३७ बजे गएको र यसको केन्द्र जमिनको करिब ३५ किलोमिटर गहिराइमा रहेको जनाएको छ।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (Phivolcs का अनुसार भूकम्पको केन्द्रविन्दू मिन्डानाओको दक्षिणी भाग सारङ्गानी प्रान्तको जनरल स्यान्टोस सहर नजिकैको समुद्री क्षेत्रमा रहेको हो।

शक्तिशाली भूकम्पपछि विभिन्न शहर तथा बस्तीहरूमा भवनहरू ढल्ने, संरचनाहरू क्षतिग्रस्त हुने र सर्वसाधारणबीच भागदौड मच्चिँदा त्रासपूर्ण अवस्था सिर्जना भएको थियो।  

प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने पसल, कार्यालय र अन्य व्यावसायिक संरचनामा पनि ठूलो क्षति पुगेको विवरण छ।

Phivolcs ले दिएको जानकारीअनुसार दिउँसोसम्म १३८ भन्दा बढी परकम्पहरू महसुस गरिएका छन्, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको छ। 

यसले भूकम्पपछि पनि क्षेत्र अस्थिर रहेको देखाएको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सम्बन्धित निकायहरूलाई तुरुन्त उद्धार तथा राहत कार्य अघि बढाउन र प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।

भूकम्पपछि मिन्डानाओका छ वटा क्षेत्रमा सुनामी लहरहरू समेत मापन गरिएको थियो, जसमा सबैभन्दा ठूलो लहर करिब १.४ मिटर उचाइसम्म पुगेको बताइएको छ।

यस भूकम्पको प्रभाव छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको छ।

इन्डोनेसियाको उत्तर सुलावेसी र उत्तर मलुकु क्षेत्रमा कम्पन अनुभव गरिएको थियो भने त्यहाँका तटीय क्षेत्रमा सुनामी चेतावनीसमेत जारी गरिएको थियो।  

मलेसियाका केही भागमा पनि सम्भावित उच्च लहरको जोखिम देखाइएको थियो, यद्यपि पछि ती चेतावनीहरू फिर्ता लिइएका छन्।

जापान मौसम एजेन्सीले दक्षिणी तटीय क्षेत्रका लागि सुनामी एड्भाइजरी जारी गरेको थियो भने अमेरिकी सुनामी चेतावनी प्रणालीले गुआमका लागि चेतावनी दिएको थियो।  

तर, अमेरिका र क्यानडाको प्रशान्त तटीय क्षेत्र तथा हवाईका लागि भने कुनै ठूलो जोखिम नरहेको स्पष्ट गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.