आईतवार, श्रावण १७,२०८३ 06:10:01
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 06:10:01
Bizshala
Global IME Bank Limited

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा एक अमेरिकी हेलिकप्टरलाई इरानले खसालेको बताएका छन्। यस घटनापछि अमेरिकाले जवाफी कारबाहीस्वरूप इरानमाथि सैन्य आक्रमण शुरु गरेको जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले मंगलबार राति सैन्य कारबाही आरम्भ गरेको थियो।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अभियान इरानको अनावश्यक आक्रामकताको समानुपातिक जवाफ हो।’

ड्रोनले हेलिकप्टरमाथि जानाजानी आक्रमण गरेको थियो वा थिएन भन्ने विषय अझै स्पष्ट भने भइसकेको छैन। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाको पछिल्लो आक्रमणबारे सामाजिक सञ्जाल एक्स मा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘युद्धमा पराजित भइसकेपछि पनि अमेरिकाले हाम्रो दृढताको परीक्षा लिन खोजेको छ। हाम्रो शक्तिशाली सेनाले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई बस्ने छैन। यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस्।’

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हेलिकप्टरमा दुई जना पाइलट सवार थिए। दुवै सुरक्षित छन् र उनीहरूलाई कुनै चोटपटक लागेको छैन। तर पनि अमेरिकाका लागि यस आक्रमणको जवाफ दिनु आवश्यक छ।’

अमेरिकी सञ्चारमाध्यम एक्सियोसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले इरानका विभिन्न रक्षा तथा रडार प्रणालीहरूलाई निशाना बनाएर आक्रमण गरेको जनाएको छ।

उता, इरानको सरकारी टेलिभिजनले फारसको खाडी तटीय क्षेत्रमा विस्फोटका आवाज तथा हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको सम्बन्धमा रिपोर्टहरू प्राप्त भएको जनाएको छ। ती क्षेत्रहरूमा बन्दर अब्बास, केश्म र सिरिक समावेश छन्।

राष्ट्रपति ट्रम्पले एबीसी न्यूजसँगको अन्तर्वार्तामा रानले मंगलबार राति एक अमेरिकी हेलिकप्टर खसालेका कारण इरानमाथिको जवाफी कारबाही ‘अत्यन्त कडा र शक्तिशाली’ हुने बताएका छन् ।  

उनले भने, ‘हेलिकप्टर खसालिएपछि अमेरिका प्रतिक्रिया दिन बाध्य छ। हामी अहिले जवाफ दिइरहेका छौं। उनीहरूले हाम्रो हेलिकप्टरसँग जे गरे, यो त्यसकै प्रतिउत्तर हो। मेरो विचारमा यो प्रतिक्रिया अत्यन्त बलियो र प्रभावकारी हुनुपर्छ, र त्यही भइरहेको छ।’

तर, युद्धविरामको अवधिमा भएका यी घटनाहरूले भविष्यमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने प्रश्न उठिरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.