Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिद्धार्थ प्रिमियरसहित ६ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सर्वाधिक कारोबार

Global IME Bank Limited
सिद्धार्थ प्रिमियरसहित ६ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५।४१ अंकले घटेर १९६९ विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूहबाहेक सबै सूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.७९ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५४ प्रतिशतले घट्न पुगेको छ ।  

आज ६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८० प्रतिशतले वृद्धि भई ७३९.९० रुपैयाँ पुृगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, एलआइसी नेपालको ०.६० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.४३ प्रतिशत, आइएमई लाइफको ०.१८ रुपैयाँ,  शिखरको ०.१५ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.०८ प्रतिशतले घटेर ६१०.६० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको २.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.५७ प्रतिशत, सन नेपाल लाइफको १.०२ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १ प्रतिशत, नेको इन्स्योरेन्सको १ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.९५ प्रतिशत, सिटिजन लाइफको ०.९१ प्रतिशत, हिमालयन लाइफको ०.८५ प्रतिशत, आरबीसीएलको ०.७६ प्रतिशत, नेशनल लाइफको ०.६४ प्रतिशत, युनाइटेड अजोडको ०.५९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४७ प्रतिशत र नेपाल लाइफको ०.२५ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीमा आज सर्वाधिक आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको ३ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.