बिहीबार, श्रावण ७,२०८३ 11:17:00
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 11:17:00
Bizshala
Global IME Bank Limited

ह्याम्स अस्पतालले आईपीओ निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने, साउन २५ गते एजीएम

ह्याम्स अस्पतालले आईपीओ निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने, साउन २५ गते एजीएम
New Office

काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारणसभामा पेश गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको हो।

कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले वार्षिक साधारणसभा साउन २५ गते शुक्रबारका दिन दिउँसो २ बजे काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको छ।

साधारण सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै सार्वजनिक निष्कासनबाट संकलन हुने पुँजीको उपयोगसम्बन्धी प्रस्ताव पनि छलफल तथा अनुमोदनका लागि पेश गरिनेछ।

साथै, आईपीओ निष्कासन प्रक्रियामा नियामक निकायबाट आवश्यक निर्देशन वा संशोधन प्राप्त भएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न र सो कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत हुनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.