सोमबार, श्रावण ११,२०८३ 02:43:18
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 02:43:18
Bizshala
Global IME Bank Limited

सुनसरी तनाव समाधानका लागि सीडीओ कार्यालयमा सर्वपक्षीय बैठक

जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय र धार्मिक अगुवाबीच छलफल जारी

सुनसरी तनाव समाधानका लागि सीडीओ कार्यालयमा सर्वपक्षीय बैठक
New Office

 

काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ।

बैठकमा जिल्लाका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा विभिन्न समुदायका धार्मिक अगुवाहरू सहभागी छन्।

छलफलमा घटनापछि बिग्रिएको शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउने, समुदायबीच बढेको तनाव कम गर्ने, थप हिंसा हुन नदिने र पीडित पक्षका माग सम्बोधन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीचको विवाद झडपमा परिणत भएको थियो। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो।

घटनामा नौ जना प्रदर्शनकारी र १३ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि स्थानीय प्रशासनले देवानगञ्जसहित सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उल्लङ्घन गर्दै विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनी भएपछि कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना समेत परिचालन गरिएको छ।

जिल्ला प्रशासनले सर्वपक्षीय बैठकबाट शान्ति कायम गर्ने साझा सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.