बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
Global IME Bank Limited

गभर्नर अधिकारी एशियन क्लियरिङ युनियनको ५२ औं बोर्ड बैठकमा सहभागी

Hyundai Nepal
गभर्नर अधिकारी एशियन क्लियरिङ युनियनको ५२ औं बोर्ड बैठकमा सहभागी
Nabil Bank Limited

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी बंगलादेशको ढाकामा आयोजित एशियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी भएका छन्। जेठ १७–१८ गते बंगलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुक्दरको अध्यक्षतामा आयोजित बैठकमा एसीयुका महासचिव फरहाद मोर्सली पावार्सीले सन् २०२२ मा युनियनबाट भएका काम–कारबाही सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गभर्नर अधिकारीले विश्व परिवेशमा देखिएको भू–राजनीतिक उतारचढाव र मुल्यवृद्धिका बाबजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको जानकारी दिए । सो अवसरमा गभर्नर अधिकारीले एसीयुले सदस्य राष्ट्रहरूबीचको व्यापारलाई सहजीकरण गर्ने, मौद्रिक तथा प्राविधिक सहयोगलाई बढावा दिने र विद्यमान संयन्त्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

Bizshala
Shivam Cement
CG Motors

उक्त बैठकमा युनियनमा आबद्ध अन्य केन्द्रीय बैंकका पदाधिकारीले समेत आ–आफ्नो तर्फबाट मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरण प्रस्तुत गरृेका थिए । कार्यक्रमको दोस्रो सत्रमा सहभागी मुलुकका विद्यमान भुक्तानी संयन्त्रमाथि छलफल भएको थियो । सो अवसरमा गभर्नर अधिकारीले नेपालको भुक्तानी प्रणालीमा भएको विकासबारे चर्चा गर्दै प्रणालीका नीतिगत र संस्थागत व्यवस्थाका बारेमा सङ्क्षिप्त जानकारी दिए ।  

उनले नेपालको एनपीआई र भारतको युपीआईबीच अन्तर आबद्घताले दुई देशबीचको भुक्तानी कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरे । गभर्नर अधिकारीसँग विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक निश्चल अधिकारी समेत बैठकमा सहभागी भएका थिए ।

एसीयुमा बङ्गलादेश, बेलारुस, भुटान, भारत, इरान, मौरिसस, माल्दीभ्स, म्यानमार,नेपाल, पाकिस्तान र श्रीलङ्का गरी ११ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन् । सदस्य मुलुकबीच अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो । युनियनको सचिवालय इरानको तेहरानमा छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.