आईतवार, असार १,२०८२ 08:47:48
  • आईतवार, असार १,२०८२ 08:47:48
Global IME Bank Limited

प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु

Hyundai Nepal
प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । साउदी अरेबियामा अत्यधिक गर्मीका कारण १ हजार बढी हज तीर्थयात्रीको मृत्यु भएको छ । मुश्लिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा हजमा सहभागी हुन गएका १ बजार बढी तीर्थालु अत्यधिक गर्मीका कारण मृत्यु भएको इजिप्टका अधिकारीले बताएका छन् ।  

मृत्यु हुनेमा आधिभन्दा बढी इजिप्टका रहेको अधिकारीले बताएका छन् । इजिप्ट सरकारले अनाधिकृत रुपमा तीर्थयात्रीहरुलाई साउदी पठाउने गरेको आरोपमा १६ वटा ट्राभल एजेन्सीहरुको लाइसेन्स खारेज गरेको छ ।  

सारदी अरेबियाले भने तीथार्ललुहरुको मृत्युको बारेमा कुनै पनि धारणा सार्वजनिक गरेको छैन ।  

इजिप्ट सरकारले वैधानिक तवरले गएका ३१ जना तिर्थालुको मृत्यु गम्भिर रोगका कारण भएको उल्लेख गरेको छ । तर इजिप्टको क्याबिनेट अधिकारीहरुले भने तीर्थयात्राको क्रममा कम्तीमा अन्य ६३० जना यात्रुको मृत्यु भएको बताएका छन् । मृत्यु भएका अधिकांशको अन्तिम संस्कार साउद्रीमै गरिएको इजिप्टका कुटनैतिक अधिकारीहरुले बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साउदी सरकारले अनाधिकृत तवरले आएका तीर्थ यात्रीहरुको पहिचान गरी हजारौंलाई फिर्ता पठाएको छ  । तर इजिप्टका केहि व्यक्तिहरु भने खुट्टाले हिडेरै मक्कासम्म आउन सफल भएको र प्रचण्ड गर्मीबाट बच्न वैधानिक तवरले आएका तीर्थालुको जस्तो उनीहरुसँग होटलको सुविधा नभएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

२० लाख भन्दा बढी तीर्थयात्रुले ५ दिनका लागि यात्रा गर्ने हजका क्रमा केहि मानिसहरुको मृत्यु हुनु असामान्य नभएको तर यो पाली भने मृत्युको दर निकै बढी देखिएको जनाइएको छ । सन् २०१५ मा दुर्घटनामा परी २४ सयभन्दा बढी हजयात्रीको मृत्यु भएको थियो ।  

त्यस्तै सन्े १९९० मा पनि १४ सय २६ जनाले ज्यान गुमाएका थिए । यो वर्ष हजको समयमा साउदी अरेबियाको तापक्रम ४६ देखि ४९ डिग्री सेल्यिसको बीचमा रहेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.