सोमबार, भाद्र २,२०८२ 01:41:46
IME remit
  • सोमबार, भाद्र २,२०८२ 01:41:46
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट,‘बैंकहरु कर्जा असुलीमा केन्द्रित बन्दा बजार सुस्त’

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको गिरावट,‘बैंकहरु कर्जा असुलीमा केन्द्रित बन्दा बजार सुस्त’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ३६१.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ८९ लाख १ हजार १९५ कित्ता सेयर ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले ८५ अर्ब सेयर कर्जाको ब्याज तिर्ने समय हो । यो समयमा ब्रोकर र म्युचुअल फण्डहरुले पनि हिसाब मिलान गुर्नपर्ने हुन्छ । यहि कारण बजारमा बिक्री दबाव देखिएको छ । यद्यपी बजार घट्दा पनि कारोबार खासै नबढ्नु सकारात्मक पक्ष हो ।’

पाठकले आगामी सातादेखि बजारमा सुधार आउन सक्ने बताए ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा पनि असार मसातको प्रभावका कारण बजार घट्न पुगेको हो । उनका अनुसार असार २०–२२ गतेसम्म दबाव देखिनेछ । ‘अहिले उद्योगी व्यवसायीदेखि सबै व्यापारीले कर्जा तिर्ने समय हो । बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ कर्जा प्रवाह नभएको र रिकभरी मै लागेका कारण बजार सुस्त देखिएको हो,’ उनले भने ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड ०.०७ प्रतिशत र अन्य समूह ०.९५ प्रतिशतले बढे । बैंकिङ समूह भने ०.०९ अंकले मात्रै बढ्यो ।  

आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आयो । आज यो समूह २.२३ प्रतिशतले घट्यो । यस्तै आज विकास बैंक समूह ०.४३, होटल ०.५१,हाईड्रो ०.४५,लगानी ०.२०,जीवन बीमा ०.९९,उत्पादन तथा प्रशोधन १.१७,लघुवित्त ०.९५ र निर्जीवन बीमा समूह ०.६६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको २२ करोड ७६ लाख बढीको सेयर कारोबार भएको छ । यस्तै हिमालयन रिको २१ करोड ४१ लाख,युनाइटेड इदी मर्दीको १२ करोड ५ लाख र पोखरा फाइनान्सको ८ करोड ७८ लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ७.०९ प्रतिशतले बढ्यो । साथै आज मंैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशतले बढ्यो ।  

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।  

यस्तै शिवश्री हाईड्रोको सेयरमूल्य ७.८१ प्रतिशत र साधना लघुवित्तको सेयरमूल्य ६.१७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.