काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी समूह राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४५ प्रतिशत र निर्जीवन बीमा समूह ०.२८ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ६ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९९ प्रतिशतले बढेर ५७८.९० रुपैयाँ पुगेको छ । त्यस्तै, सुर्यज्योति लाइफ इन्स्योरेन्सको ०.१८ प्रतिशत, प्रभु इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१२ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको ०.०८ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३१ प्रतिशतले घटेर ५३९.७० रुपैयाँ कायम भएको छ । यसका साथै नेपाल पुनर्बीमा कम्पनीको १.९६ प्रतिशत, सन नेपाल लाइफको १.१६ प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८७ प्रतिशत, आरबीसीएलको ०.७७ प्रतिशत, सिटिजन लाइफको ०.७४ प्रतिशत, युनाइटेड अजोडको ०.७२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७१ प्रतिशत, हिमालयन लाइफको ०.६७ प्रतिशत, नेपाल लाइफको ०.५४ प्रतिशत, सानिमा जिआइसीको ०.५२ प्रतिशत, आइएमई लाइफको ०.५० प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, एशियन लाइफको ०.१८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                