काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ लाख ४० हजार १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब माथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज १० वटा समूहमा हरियाली छाएको छ भने बाँकी ३ उपसूचक राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.५२ प्रतिशत र निर्जीवन बीमा समूह १.३२ प्रतिशतले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.९९ अंकले बृद्धि भई ५३१.९० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.७५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ३.२३ प्रतिशत, सन नेपाल लाइफको २.९५ प्रतिशत, सिटिजन लाइफको २.७५ प्रतिशत, आइएमई लाइफको २.३० प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.२९ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.२६ प्रतिशत, नेको इन्स्योरेन्सको १.७० प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.७० प्रतिशत र नेपाल इन्स्योरेन्सको १.६४ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै प्रभु इन्स्योरेन्सको १.६० प्रतिशत, एलआइसी नेपालको १.४७ प्रतिशत, हिमालयन एभरेष्टको १.२९ प्रतिशत, शिखर इन्स्योरेन्सको १.१३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ०.८६ प्रतिशत, नेपाल लाइफको ०.८५ प्रतिशत, एशियन लााइफको ०.६६ प्रतिशत, सानिमा जिआइसीको ०.५३ प्रतिशत, सुर्यज्योति लाइफको ०.५१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४४ प्रतिशत र नेशनल लाइफको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को १५ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको ११ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                