काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ९ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ४ वटा समूह राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज १७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.०७ प्रतिशलते बढेर ५३८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आरबीसीएलको १.६५ प्रतिशत, सिटिजन लाइफको १.४७ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.३६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.०३ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.८९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५७ प्रतिशत, नेशनल लाइफको ०.५४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.५० प्रतिशत, हिमालयन एभरेष्टको ०.४८ प्रतिशत, नेपाल लाइफको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.४१ प्रतिशत, आइएमई लाइफको ०.३० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१३ प्रतिशत, हिमालयन लाइफको ०.०३ प्रतिशत र सानिमा जिआइसी इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ १.३८ प्रतिशतले घटेर ५३७.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको १.१४ प्रतिशत, एशियन लाइफको ०.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४५ प्रतिशत, युनाइटेड अजोडको ०.४० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२२ प्रतिशत, सुर्यज्योति लाइफको ०.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०७ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                