काठमाण्डौ । साताको तेस्रो कारोबार सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह २.९६ प्रतिशत र निर्जीवन बीमा समूह २.१२ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.९१ प्रतिशतले बढेर ४१०.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ४.८२ प्रतिशत, सिटिजन लाइफको ४.११ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.४१ प्रतिशत, युनाइटेड अजोडको ३.११ प्रतिशत, सन नेपाल लाइफको ३.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.०६ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.८९ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.८८ प्रतिशत, नेको इन्स्योरेन्सको २.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.८२ प्रतिशत, सु्र्यज्योति लाइफको २.५८ प्रतिशत, हिमालयन एभरेष्टको २.५३ प्रतिशत र नेशनल लाइफको २.५२ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै आइएमई लाइफको २.४३ प्रतिशत, शिखर इन्स्योरेन्सको २.२८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २.२८ प्रतिशत, एलआइसी नेपालको २.१६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको २.१५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.०५ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.९९ प्रतिशत, सानिमा जिआइसीको १.९१ प्रतिशत, नेशनल लाइफको १.७८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.७२ प्रतिशत र आइजीआई प्रुडेन्सियलको १.६१ प्रतिशतले सेयरभाउ बढेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                