काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ३ करोड ९७ लाख ९ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ४.४५ प्रतिशत र निर्जीवन बीमा समूह ४.३७ प्रतिशतले बृद्धि भएको छ । आज सर्वाधिक कमाउने बीमा कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.८६ प्रतिशतले बढेर ६१९.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आरबीसीएलको ६.६५ प्रतिशत, एशियन लाइफको ५.२२ प्रतिशत, नेशनल लाइफको ५.१७ प्रतिशत, सुर्यज्योति लाइफको ४.९० प्रतिशत, सानिमा जिआइसीको ४.८४ प्रतिशत, एलआइसी नेपालको ४.८१ प्रतिशत, सन नेपाल लाइफको ४.५४ प्रतिशत, हिमालयन एभरेष्टको ४.३७ प्रतिशत, सिटिजन लाइफको ४.३६ प्रतिशत, आइएमई लाइफको ४.३४ प्रतिशत, नेपाल लाइफको ४.२७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.२४ प्रतिशत र रिलायबल नेपाल लाइफको ४.१५ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै शिखर इन्स्योरेन्सको ४.१५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.१३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.६८ प्रतिशत, हिमालयन लाइफको ३.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.४२ प्रतिशत, युनाइटेड अजोडको २.९९ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.९० प्रतिशत, नेको इन्स्योरेन्सको २.५७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.३९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १.५२ प्रतिशतले सेयरभाउ बढेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                