काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ९ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह २.९५ प्रतिशतले बृद्धि भएको छ । आज १९ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ ।
कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले बृद्धि भई १६ हजार ९३० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा जिआइसीको ६.५२ प्रतिशत, युनाइटेड अजोडको ४.८० प्रतिशत, हिमालयन लाइफको ३.२९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २.९२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५६ प्रतिशत, एशियन लाइफको २.१४ प्रतिशत, हिमालयन एभरेष्टको १.७४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४५ प्रतिशत, सुर्यज्योति लाइफको ०.८२ प्रतिशत, नेशनल लाइफको ०.७७ प्रतिशत, सन नेपाल लाइफको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.६५ प्रतिशत, एलआइसी नेपालको ०.६३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६० प्रतिशत, आइएमई लाइफको ०.५९ प्रतिशत, सिटिजन लाइफको ०.१७ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज बीमा कम्पनीहरुमा सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.२३ प्रतिशतले घटेर ८०० रुपैयाँ कायम भएको छ । यसका साथै हिमालयन रि इन्स्योरेन्सको १.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३४ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.३३ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज सर्वाीधक कारोबार हुने टप १० कम्पनीको सूचीमा ४ बीमा कम्पनी परेका छन् । सर्वाधिक सानिमा जिआइसी इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफको २४ करोड ६४ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ६८ लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियलको १९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                