बुधबार, असार १८,२०८२ 08:34:42
  • बुधबार, असार १८,२०८२ 08:34:42
Global IME Bank Limited

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना, छोरीहरुको नाममा लुकाएको सम्पत्ति पनि जफत

Hyundai Nepal
इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना, छोरीहरुको नाममा लुकाएको सम्पत्ति पनि जफत
Nabil Bank Limited

काठमाण्डौ । पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ ।  

विशेष अदालतले आइतबार तामाङमाथि कैद सजाय र जरीवाना सुनाएको हो ।  

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँव, सदस्यहरु तेजनारायण सिंह(राई) र मुरारीबाबु श्रेष्ठको इजलासले गत माघ ७ गते कसुर ठहर भएका तामाङलाई तीन वर्ष कैदको सजाय सुनाएको हो ।  

इजलासले प्रतिवादी बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ समेत कायम गरिदिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

अदालतले इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई समेत १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ बिगो भराउन आदेश दिएको छ । शाक्यलाई १ वर्ष ६ महिनाको कैद सजाय पनि सुनाएको छ ।  

सोही प्रकरणका अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय तथा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला सुनाइएको छ ।  

विशेष अदालतले इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला सुनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.