काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.७० अंलके घटेर २७६६.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् ।
बीमा समूहका दुईवटा उपसूचकमध्ये आज निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ । आज ९ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ४.१९ प्रतिशतले बृद्धि भई १०१९ रुपैयाँ पुगको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको ३.३८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.६९ प्रतिशत, नेको इन्स्योरेन्सको १.७३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०८ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८५ प्रतिशतले घटेर १००९ रुपैयाँ कायम भएको छ । त्यस्तै, आरबीसीएलको १.७५ प्रतिशत, युनाइटेड अजोडको १.७० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.५३ प्रतिशत, सुर्यज्योति लाइफको १.३३ प्रतिशत, हिमालयन लाइफको १.१२ प्रतिशत, नेशनल लाइफको १.१० प्रतिशत, आइएमई लाइफको १.१० प्रतिशत, एशियन लाइफको १.०५ प्रतिशत, हिमालयन एभरेष्टको ०.९४ प्रतिशत, सन नेपाल लाइफको ०.७९ प्रतिशत, सिटिजन लाइफको ०.७८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५७ प्रतिशत र सानिमा जिआइसी इन्स्योरेन्सको ०.३० प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                