काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६८ प्रतिशतले घटेको छ । आज १२ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.१५ प्रतिशतले बढेर ७७८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एलआइसी नेपालको ३.५० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७४ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.७८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५९ प्रतिशत, नेपाल इन्योरेन्सको ०.५५ प्रतिशत, सुर्यज्योति लाइफको ०.३७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२० प्रतिशत, एशियन लाइफको ०.१३ प्रतिशत र युनाइटेड अजोडको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ २.१८ प्रतिशतले घटेर ९४४ रुपैयाँ कायम भएको छ । यसका साथै रिलायबल नेपाल लाइफको १.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६९ प्रतिशत, नेशनल लाइफको १.५३ प्रतिशत, सलिकोको १.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.३८ प्रतिशत, शिखर इन्स्योरेन्सको १.२९ प्रतिशत, सिटिजन लाइफको १.२६ प्रतिशत, नेपाल लाइफको १.१२ प्रतिशत, हिमालयन लाइफको १.०८ प्रतिशत, आइएमई लाइफको १.०५ प्रतिशत, हिमालयन एभरेष्टको ०.४० प्रतिशत र सन नेपाल लाइफको ०.३४ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                