शुक्रबार, जेष्ठ १,२०८३ 02:05:55
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:05:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युवाको उत्थान, विकास र शक्तिकरणबाट मात्रै देश अगाडि बढ्छः प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
युवाको उत्थान, विकास र शक्तिकरणबाट मात्रै देश अगाडि बढ्छः प्रधानमन्त्री ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा शक्तिकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताएका छन् । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले राजधानीमा आयोजित ‘काठमाण्डौ युथ कन्क्लेभ २०२४’ मा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  

उनले भने ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा शक्तिकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, सरकारका अहिलेका सबै प्रयास त्यसका लागि हो ।’

Bizshala
New Office
CG Motors

फोनेक्श कलेज अफ म्यानेजमेन्ट  युनिभर्सल कलेजद्वारा आयोजित काठमाण्डौ युथ कन्क्लेभमा ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने भन्दै युवा नै देशका सम्पूर्ण शक्ति भएको प्रष्ट पारे ।  

कन्क्लेभमा नृत्यको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै सुशान्त खत्रीलाई १ लाख रुपियाँको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले उत्कृष्ट कार्य गर्न सफल भएको अपेक्षा रहेको कन्क्लेभका संयोजक राजु टण्डनले बताए।

कार्यक्रममा फोनेक्स कलेजका प्रिन्सिपल प्रा डा पत्तबहादुर केसी, फोनेक्स कलेजका अध्यक्ष भरत गिरी, युनिभर्सल कलेजका प्रिन्सिपल डा। शिवदत्त ज्ञवाली, नेपाली चलचित्रका महानायक राजेश हमाललगायतले युवाको जिम्मेवारी, भविष्य र भूमिकाका विषयमा आफ्ना भनाई राखेका थिए।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाको शीर्ष प्रायोजनमा ५ हजार बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुगेको कन्क्लेभका संयोजक टण्डनले जानकारी दिए ।  

युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरबाट पनि विद्यार्थीले सहभागिता जनाएका थिए ।  

कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अभिनेता राजेश हमाल, टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी, कथाकार साइग्रेस पोखरेल,  डिजिटल सामग्री निर्माता पराक्रम राणा, ¥यापर समीर घिसिङ, डान्सर, अभिनेता र कोरियोग्राफर सुशान्त खत्री, गायिका र गीतकार प्रजिना लामिछाने, मोडल तथा युट्युबर रियाशा दाहाल, हास्य कलाकार सुमन कोइराला, गायक र गीतकार स्वप्निल शर्मालगायतको प्रस्तुति रहेको थियो ।

विस २०७६ सालदेखि सुरु गरिएको कार्यक्रमको यो पाँचौं संस्करण हो । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X