काठमाण्डौ । निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य भएको छ। सहकार्यसँगै कुवेतमा बसोवास गरिरहेका नेपालीहरुले सुरक्षित र सहजरुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ। निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापितए मनि ट्रान्सफर कम्पनी हो।
कुवेतमा रहेका नेपालीहरुले अब अलजमिल एक्सचेन्जको शाखाहरु बाट छिटो र प्रभावकारीरुपमा नेपालमा पैसा पठाउन सक्नेछन्। बैंक तथा वालेट भुक्तानी कारोबारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ।
साथै, नगदमा पठाइएको कारोबारपनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजार भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                