काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज व्यापार समूह मात्रै बढेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ ।
सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.८० प्रतिशतले बढेर ८८२ रुपैयाँ पुगेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ०.६४ प्रतिशत, सन नेपाल लाइफको ०.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.४० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१३ प्रतिशत, आइएमई लाइफको ०.१० प्रतिशत र सानिमा जिआइसीको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.७१ प्रतिशतले घटेर ४६३.१० रुपैयाँ कायम भएको छ ।
यसका साथै हिमालयन रि इन्स्योरेन्सको १.७७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.५७ प्रतिशत, एशियन लाइफको १.५२ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४१ प्रतिशत, सिटिजन लाइफको १.३७ प्रतिशत, आरबीसीएलको १.२५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.०३ प्रतिशत, हिमालयन एभरेष्टको ०.८७ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.८६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७९ प्रतिशत, सुर्यज्योति लाइफको ०.६१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५७ प्रतिशत, युनाइटेड अजोडको ०.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४६ प्रतिशत, नेशनल लाइफको ०.३३ प्रतिशत र एलआइसी नेपालको ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                