Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

Global IME Bank Limited
रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा
Nabil Bank Limited

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्छ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीको दाबी छ ।  

रियलमी सि ५१ मा ४ जिबी सम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।  

अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ४+१२८ जीबी भेरिएन्टको रियलमी सि ५१ आकर्षक च्याम्पियन गोल्ड कलरमा १४ हजार ४९९ मा उपलब्ध छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.