शनिबार, पुष ५,२०८२ 12:12:56
Bizshala
  • शनिबार, पुष ५,२०८२ 12:12:56
Bizshala
Global IME Bank Limited
Bizshala

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’

Hyundai Nepal
दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’
Shivam Cement

काठमाण्डौ । दशैंको लामो बिदापछि खुलेको नेपाल स्टक एक्सचेञ्च (नेप्से) आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अंकले बढेर २ हजार ६९९.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२३ प्रतिशतले बढेर ४८६.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘बजार अहिले फेस्टिभ मुडमै छ । आजको बजारको बढोत्तरी सकारात्मक नै छ । यद्यपी भोल्युम भने आउन सकेको छैन ।’

CG Motors
Garima Development Bank
Bizshala

पौडेलले बजार केही समय २४४० देखि २७४० विन्दुसम्म साइडवेज चल्न सक्ने अनुमान गर्दै भने,‘दशैंतिहार पछि मंसिरको दोस्रो सातादेखि बजारले राम्रै गति लिन सक्छ । बजार एकपटक घटेर फर्केका कारण बजार बढ्ने ने देखिन्छ ।

उनले अहिले लगानीकर्ता सक्रिय भै नसकेको र हाल बजारमा एक्युमुलेसन चलेको कारण तत्काल माथि नजान पनि सक्ने बताए । ‘सबै लगानीकर्ता बजारमा फर्किसकेको अबस्था होइन । बजारमा बिस्तारै एक्यूमुलेसन चल्दै छ’,उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.६१ प्रतिशतले बढेर ३ हजार ३९०.३४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक १.५६,वित्त ४.६१,होटल ०.८०,हाईड्रो ०.७२,लगानी १.५२,जीवन बीमा १, लघुवित्त ०.७२,म्युचुअल फण्ड ०.२३,निर्जीवन बीमा ०.५१ र अन्य समूह १.२१ प्रतिशतले बढ्यो ।  

आज उत्पादन तथा प्रशोधन समूह मात्रै घट्यो । यो समूह ०.२२ प्रतिशतले ओरालो लाग्यो ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १८ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै नेपाल फाइनान्सको आज ११ करोड २३ लाख,हिमालयन रि इन्स्योरेन्सको १० करोड ९३ लाख,सिईडिबि हाईड्रोको १० करोड २ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

मल्टीपर्पस फाइनान्सको सेयरमूल्य पनि आज९.३२ प्रतिशत,समृद्धि फाइनान्सको ६.८४ र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ६.३६ प्रतिशतले बढ्यो ।  

आज मिड सोलु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । युनाइटेड मोदी हाईड्रोको सेयरमूल्य ५.२५ प्रतिशत,युनिलिभर नेपालको ३.८५ र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.६२ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.