काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।
जीवन बीमा समूह २.१५ प्रतिशत र निर्जीवन बीमा समूह १.७६ प्रतिशतले घटेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.५५ प्रतिशतले घटेर ८१५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ३.२३ प्रतिशत, सगरमाथा लुम्बिनीको ३.१४ प्रतिशत, शिखर इन्स्योरेन्सको २.८७ प्रतिशत, सन नेपाल लाइफको २.८६ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.६२ प्रतिशत, नेशनल लाइफको २.६० प्रतिशत, हिमालयन एभरेष्टको २.५१ प्रतिशत, सुर्यज्योति लाइफको २.४५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.४२ प्रतिशत, आइएमई लाइफको २.४२ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.३० प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै राष्ट्रिय बीमा कम्पनीको १.९५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७८ प्रतिशत, एलआइसी नेपालको १.७३ प्रतिशत, नेको इन्स्योरेन्सको १.४१ प्रतिशत, एशियन लाइफको १.३९ प्रतिशत, सिटिजन लाइफको १.२७ प्रतिशत, हिमालयन लाइफको १.२५ प्रतिशत, नेपाल इन्स्योरेनसको १.२० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१३ प्रतिशत, सानिमा जिआइसीको १.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.८४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३५ प्रतिशत घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                