बुधबार, श्रावण ६,२०८३ 03:54:01
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:54:01
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच आगामी ११.११ अभियानका लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने नीतिअनुरुप दराज नेपालसँग समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

यस समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

अनलाईन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सेक्योर्ड भएका यस बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डहरुमार्फत भुक्तानी गर्दा कारोबार थप सहज र सुरक्षित समेत हुनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.