शुक्रबार, असार २०,२०८२ 08:03:59
  • शुक्रबार, असार २०,२०८२ 08:03:59
Global IME Bank Limited

स्मार्ट च्वाईस टेक्नोलोजिज् र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

Hyundai Nepal
स्मार्ट च्वाईस टेक्नोलोजिज् र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल९एमपे वालेट०बीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इएमभी. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टर अपरेवल क्यूआर कोड हो ।  

स्मार्ट च्वाईस टेक्नोलोजिज् लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र एमपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।

स्मार्ट क्युआरमार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.