शनिबार, बैशाख १३,२०८२ 08:41:35
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 08:41:35
IME remit
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जाको नाफामा ८२.४७% को गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
भिजन लुम्बिनी उर्जाको नाफामा ८२.४७% को गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ८२.४७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्

कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य अन्तिम चरणमा रहेकाले कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन । कम्पनीले उक्त आयोजनाको यान्त्रिक परीक्षणको काम सकिएर परीक्षण उत्पादनको काम सुरु भएको जनाएको छ । कम्पनीले आईएफआरआईसी १२ को निर्माणबाट २३ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो अवधिमा कम्पनीको कुल आम्दानी भने १ करोड ३१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १ लाख ५६ हजार र हा्रसकट्टी खर्च १६ लाख ९६ हजार रुपैयाँ रहेको छ । १ अर्ब ९१ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले रिटेन्ड अर्निङमा ६८ करोड ४५ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

Muktinath Bikas Bank Limited

पहिलो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी २.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.७९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५७.६३ गुणा र तरलता अनुपात १.११ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.