बुधबार, असार १८,२०८२ 06:24:26
  • बुधबार, असार १८,२०८२ 06:24:26
Global IME Bank Limited

साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि

Hyundai Nepal
साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ । 

यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको बिक्री आम्दानी पनि ९३.८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ६ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

कम्पनीले कर्मचारीतर्फ १७ करोड ५० लाख र प्रशासनिक तर्फ १० करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषको आकार १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । ६ अर्ब ८७ करोड रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा प्रतिसेयर वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७.४३ रुपैयाँ रहेको कम्पनीको  खुद नाफा प्रतिसेयर बढेर १२.८४ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.