शनिबार, बैशाख १३,२०८२ 05:05:03
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:05:03
IME remit
Global IME Bank Limited

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘लगानीकर्ता अफवाहको पछि लाग्नु मुख्य कारण’

Hyundai Nepal
नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘लगानीकर्ता अफवाहको पछि लाग्नु मुख्य कारण’
Nabil Bank Limited

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘लगानीकर्ता अफवाहको पछि लाग्नु मुख्य कारण’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक  १.६७ प्रतिशत अर्थात ४५.९३ अंकले घटेर २ हजार ६८९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५० प्रतिशतले घटेर ४५७.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘ आज बजार घट्नुमा मुख्यतः दुई तीन वटा कारण छन् । पहिलो भनेको अर्थमन्त्री परिपर्तनको अफवाहका कारण बजार घट्न पुगेको छ । यस्तै मौद्रिक नीतिको समीक्षामा कुनै पनि फेरबदल नहुँदा निराश भएका लगानीकर्ताले आज बिक्री बढाउँदा समेत बजार घटेको छ । ’

बजार बढ्दा मात्तिने र घट्दा आत्तिने प्रवृत्तिले बजारमा दबाब आएको उनले बताए । ‘यद्यपी बजारमा पैसा फालाफाल र ब्याजदर सस्तो रहुन्जेल डराउनु पर्दैन,’ उनले भने ।  

यस्तै सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि आज सामाजिक सञ्जालमा फैलिएको सरकार हेरफेर हुन सक्ने हल्ला र लगानीकर्ताले घाटामै सेयर बेच्दा बजार घट्न पुगेको बताए । ‘ यद्यपी बजार बुल ट्रण्डमै रहेको छ । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएका छन् र गभर्नर पनि नयाँ आउँदै गरेकाले बजार बिस्तारै फर्कन सक्छ,’ उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज जीवन बीमा समूह सर्वाधिक अर्थात ३.०७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक १.०४, वित्त १.८४,होटल १.८१,हाईड्रो १.९८, लगानी १.३३ उत्पादन तथा प्रशोधन ०.३२, लघुवित्त १.५०, म्युचुअल फण्ड ०.५९, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ र व्यापार समूह २.१३ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ६४ लाख बढीको कारोबार भयो । नेपाल फाइनान्सको आज १५ करोड ६८ लाख, रिभर फल्स पावरको १५ करोड ६५ लाख,खानीखोला हाईड्रोपावरको १३ करोड ७८ लाख र वेष्ट फाइनान्सको १२ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो ।  

यस्तै दोल्ती पावर कम्पनीको सेयरमूल्य ८.७७ प्रतिशत,स्वाभिमान लघुवित्तको ७.८९ र मोलुङ हाईड्रोपावरको सेयरमूल्य ६.५० प्रतिशतले बढ्यो ।  

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । आज मानुषी लघुवित्त,एलआईसी नेपाल र जोशी हाईड्रोपावरको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।  

यस्तै आज दिव्यश्वरी हाईड्रोपावरको सेयरमूल्य ७.०९ प्रतिशत र सुपर माई हाईड्रोको सेयरमूल्य ६.८८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.