आईतवार, बैशाख १४,२०८२ 03:32:00
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 03:32:00
ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको सुझाव
BANKING

ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको सुझाव

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो ।  बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र...

एनआईसी एशिया लघुवित्तद्वारा ऋणीलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्बन्धी योजना सार्वजनिक
BANKING

एनआईसी एशिया लघुवित्तद्वारा ऋणीलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्बन्धी योजना सार्वजनिक

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । संस्थाले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उदेश्यले यो योजना ल्याएको जनाएको छ ।  प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा...

कामना सेवा विकास बैंकद्वारा सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक
BANKING

कामना सेवा विकास बैंकद्वारा सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक

 काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबीबीएलः फाइनान्सियल फुटस्टेप्स्’को टिजर भिडियो सार्वजनिक गरेको छ ।नया वर्षको अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियाले विभिन्न आर्थिक चुनौतीहरु र कोसेढुंगा पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई...

आज कृषि विकास र हिमालयन बैंकका यी शाखा कार्यालयहरु खुल्ला रहने
BANKING

आज कृषि विकास र हिमालयन बैंकका यी शाखा कार्यालयहरु खुल्ला रहने

काठमाण्डौ । आज कृषि विकास बैंक र हिमालयन बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयहरु खुल्ला रहने भएका छन् । आज घोडेजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि यी दुई बैंकका विभिन्न शाखा कार्यालय भने खुल्ला रहनेछन् ।  

आज माछापुच्छ्रे बैंकका यी ४ शाखा कार्यालय खुल्ला रहने
BANKING

आज माछापुच्छ्रे बैंकका यी ४ शाखा कार्यालय खुल्ला रहने

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा रहेका माछापुच्छ्रे बैंकका ४ वटा शाखा कार्यालय खुल्ला रहने भएका छन् । आज घोडे जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा परेता पनि बैंकका ४ वटा शाखा कार्यालय भने खुल्ला रहनेछन् ।  

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन
BANKING

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैंकले अगामी वैशाख ७ गते आउदै गरेको १७ औं वार्षिकोत्सव लाई मध्यनजर गर्दै चैत्र २४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो ।बैंकले सुदुरपश्चिम प्रदेशअन्तर्गत सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो...

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अत्याधुनिक नयाँ शाखा उद्घाटन
BANKING

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अत्याधुनिक नयाँ शाखा उद्घाटन

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रामाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आज उद्घाटन भएको हो ।  उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान ब.गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख...

नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटलमा छुट पाउने
BANKING

नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटलमा छुट पाउने

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल)  विराटनगर, मोरङबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने
BANKING

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने

काठमाण्डौ । एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना ल्याएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा ब्याज छुटको योजना ल्याएको हो ।

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा बालविकास समाजलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई बैंकले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिकोत्सव आगामी बैशाख ७ गते...

सानिमा बैंकको दराजसँग‘नवबर्ष उत्सव’योजनाका लागि सहकार्य
BANKING

सानिमा बैंकको दराजसँग‘नवबर्ष उत्सव’योजनाका लागि सहकार्य

काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘नवबर्ष उत्सव’योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु ५ सयसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ९२ अर्बले घट्यो, यस्तो छ कारण
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ९२ अर्बले घट्यो, यस्तो छ कारण

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गते बैंकिङ प्रणालीबाट ९२ अर्ब बाहिरिएको हो । चैत १९ गते ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २० गते भने १.४८ प्रतिशतले घटेको हो ।  चैत २० गते बैंकिङ प्रणालीको कुल निक्षेप घटेर ६१ खर्ब ७ अर्ब रुपैयाँमा सीमित बनेको छ । कुल निक्षेपमा वाणिज्य...

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता
BANKING

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पे सँग बेग्लाबेग्लै सम्झौता गरेको छ ।  फोन पे सँगको  सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपीआई–इनएबल्ड एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेका वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सोझै...

लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर सेवा स्थानान्तरण हुने
BANKING

लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर सेवा स्थानान्तरण हुने

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न २६ गोंगबस्थित शाखा(साविक सनराइज बैंक लिमिटेडको शाखा)  तथा लकर स्थानान्तरण हुन लागेको जनाएको हो । उक्त शाखा हालको स्थानबाट करिब ४ सय मिटर पश्चिमतर्फ रहेको नयाँ बसर्पाकस्थित ल्होत्से मलमा स्थानान्तरण  हुन लागेको हो ।  

बैंकहरुको बेस रेट १.८७ अंकले घट्यो, ऋणको ब्याजदर १०.७८% मा सीमित
BANKING

बैंकहरुको बेस रेट १.८७ अंकले घट्यो, ऋणको ब्याजदर १०.७८% मा सीमित

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर गत आवको तुलनामा १.६३ अंकले घटेको छ ।  गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत थियो ।  यता वाणिज्य बैंकहरुको कर्जाको ब्याजर समेत २.२५ अंकले घटेको छ । गत आवको ८...

‘ब्याजदर नभई अन्य कारणले नै क्रेडिट ग्रोथ हुन नसकेको पुष्टि, भ्रम चिरियो’
BANKING

‘ब्याजदर नभई अन्य कारणले नै क्रेडिट ग्रोथ हुन नसकेको पुष्टि, भ्रम चिरियो’

काठमाण्डौ । केही महिना नेपालमा बैंकहरुको ब्याजदरको खूबै चर्चा भयो । ब्याजदर उल्लेख्य नघट्दा कर्जा बिस्तारले गति लिन नसकेको विश्लेषण दैनिकजसो सुनिन्थ्यो । बैंकहरुले कसेर लिने गरेको ब्याजदर नघटेसम्म क्रेडिट ग्रोथ(कर्जाको वृद्धि) नहुने दाबी गर्दै विश्लेषकहरुका लामा–लामा आर्टिकल आए, अन्तर्वार्ता प्रसारण भए । सबैलाई लागेको थियो: क्रेडिट ग्रोथ हुन नसक्नुको प्रमुख कारण नै...

कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना
BANKING

कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त  गरेको छ ।  बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना...

सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’
BANKING

सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’

काठमाण्डौ । सरकारले आफूहरुलाई सहयोग नगरेकोमा बैंकरहरु असन्तुष्ट देखिएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबीए)कै अधिकारीहरु सरकारको रबैयाप्रति असन्तुष्ट देखिएका हुन् ।  सरकारले कतिपय नीतिहरु निर्माण गर्दा, पूर्व निर्णयहरु परिवर्तन गर्दा आफूहरुसँग छलफल नगरेको, विगतमा गरिएका प्रतिबद्धता थाहै नदिई खारेज गरिएको र...

स्काई वाक टावरमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
BANKING

स्काई वाक टावरमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र कमलादी, काठमाडौं स्थित वोन्डर्स नेपाल प्रालि(स्काई वाक) बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूले स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू...

ग्लोबल आइएमई बैंक र जीआई जेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता
BANKING

ग्लोबल आइएमई बैंक र जीआई जेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  जीआई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.