अब बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने, तरलता व्यवस्थापन हुने विश्वास
काठमाण्डौ । अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना नपाउने निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । १६ चैतको अर्थमन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको थियो । सोहि निर्णय कार्यान्वयनका गराउन अर्थ मन्त्रालयले चैत १९...