निक्षेप तीव्र रुपमा बढ्दै, कर्जा प्रवाह सुस्ताउदा सीडी रेसियो ८०% तल
काठमाण्डो । पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेप संकलन तीव्र रुवमा बढ्दै गएको छ । तर निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने बढ्न सकेको छैन । जसका कारण सिडी रेसियो ८० प्रतिशत तल झरेको छ । असार ५ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । असार ४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा २ अर्ब...

