काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गौंडा शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरुमध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका–५, जोर्ने लम्जुङबाट जेठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आईरहेको. छ ।